Sunday, February 15, 2026
Homeस्थानीयउपमहानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कनमा बुटवल अगाडि, इटहरी सबैभन्दा पछाडि

उपमहानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कनमा बुटवल अगाडि, इटहरी सबैभन्दा पछाडि

विराटचोकः देशभरिका ११ उपमहानगरपालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनमा बुटवल उपमहागरपालिका सबैभन्दा अगाडि देखिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार कार्यसम्पादन मूल्याङ्कन नतिजा सार्वजनिक गर्दा ६४.४४ अंकसहित बुटवल अगाडि आउँदा सबैभन्दा कमजोर इटहरी उपमहानगरपालिका रहेको छ । इटहरीले ३८.९६ अङ्कमात्र पाएको छ ।

तुलसीपुरले ६१.५३ र घोराहीले ६१.०८ अङ्क पाउँदा धरान उपमहानगरले ४९.७६ अङ्क पाएको छ ।

आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्याङ्कन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे\नगरेको, असार मसान्तभित्र बजेट पास गरे\नगरेको उल्लेख छ ।

यसैगरी आव २०८१\८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे\नगरेको समेत मूल्याङ्कनको सूचक मानिएको छ ।

आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए\नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे\नगरेकोलाई समेत सूचक मानिएको छ ।

राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षा नतिजा, खोप लगाएका बालबालिका अनुपात समेत आयोगले मूल्याङ्कनका आधार मान्ने गरेको छ ।

देशभरि ८० अङ्क कटाउने स्थानीय तह ४ वटामात्र छन् । पाणिनी गाउँपालिका सबैभन्दा उत्कृष्ट ठहरिएको छ ।

यस्तो छ उपमहानगरपालिकाको अङ्कतालिका
बुटवलः ६४.४४
तुलसीपुरः ६१.५३
घोराहीः ६१.०८
धनगढीः ५६.६०
नेपालगञ्जः ५६.४५
हेटौंडाः ५४.१३
जनकपुरः ५१.५८
धरानः ४९.७६
कलैयाः ४९.५७
जीतपुर सिमराः ४८.३९
इटहरीः ३८.९६

कार्यसम्पादन मूल्याङ्कनमा ८० अङ्क कटाउने स्थानीय तह ४ वटामात्रै, अर्घाखाँचीको पाणिनी सबैभन्दा उत्कृष्ट

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments