Sunday, February 15, 2026
Homeखेलकुदटस हारेर वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै नेपाल

टस हारेर वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै नेपाल

विराटचोकः आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै टस हारेको नेपाल ब्याटिङ गरिरहेको छ ।

मुम्बईस्थित वानखेडे स्टेडियममा वेस्ट इन्डिजका कप्तान शाइ होपले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । नेपाली टोलीले आजको खेलका लागि ललित राजवंशीको स्थानमा सोमपाल कामीलाई खेलाउने भएको छ ।

समूह चरणमा सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि योसहित बाँकी खेल पनि महत्वपूर्ण भएकाले जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर ८ मा पुग्ने संघारमा छ ।

नेपालविरुद्धको खेल जितेमा वेस्ट इन्डिज सुपर ८ मा पुग्नेछ भने नेपाल एक खेल अगावै बाहिरिनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments