विराटचोकः नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । त्यसबेला विश्वकप खेलेका खेलाडी सोमपाल कामी हालसम्म पनि खेलिरहने एकमात्र खेलाडी हुन् ।
सोमपालसँगै त्यसबेला विश्वकप खेलेका कप्तान पारस खड्का हाल नेपाली क्रिकेटको अभिभावक संस्था क्यानमा सचिवका रूपमा छन् । त्यसबेलाका उपकप्तान ज्ञानेन्द्र मल्ल केही समय अघिसम्म सहायक प्रशिक्षकका रूपमा थिए ।
नेपालले सन् २०१४ मा हङकङ र अफगानिस्तानलाई पराजित गरे पनि बंगलादेशसँग पराजित भएपछि अगाडिको यात्रा रोकिएको थियो । बंगलादेश हङकङसँग पराजित भए पनि नेपालसँग अङ्क बराबर भए पनि नेट रनरेटमा केही अगाडि रहेकाले दोस्रो चरणमा प्रवेश गरेको थियो ।
त्यसपछि नेपालले दोस्रोपटक विश्वकप छनोट खेल्न १० वर्ष कुर्नुपर्याे । सन् २०२४ मा दोस्रोपटक विश्वकप छनोट खेलेको नेपालले कुनै पनि खेल जित्न सकेन । यद्यपि आफ्नो प्रदर्शनबाट सारा विश्वको ध्यान खिच्न सफल भएको थियो ।
१२ वर्षअघि विश्वकप छनोटमा डेब्यु गर्दा विश्वलाई नेपाली क्रिकेटबारे चिनाउन नेपाल सफल भएको थियो ।







