Sunday, February 8, 2026
Homeसमाचारजन्तेढुङ्गामा बेहुला–बेहुलीसहित १०० जना बढीलाई फुड प्वाइजन, गाउँमै शिविर राखेर उपचार हुँदै

जन्तेढुङ्गामा बेहुला–बेहुलीसहित १०० जना बढीलाई फुड प्वाइजन, गाउँमै शिविर राखेर उपचार हुँदै

खोटाङः खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नम्बर ६ दिप्लुङमा बिहे भोज खाएका एक सय जनाभन्दा बढी बिरामी परेका छन् ।

बिरामी परेकाहरूलाई दिप्लुङकै निगालावास भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचार गरिएको छ ।

स्थानीयका अनुसार माघ २१ गते विवाह भोज खाएका स्थानीयवासी माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् । भोज खाएको १२ घण्टापछि शुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने समस्या देखिएको थियो ।

बेहुला र बेहुलीसमेत बिरामी परेका स्थानीयको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय र जनप्रतिनिधिको टोली खटिएको स्वास्थ्य शाखा प्रमुख सूर्यबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

‘फुड प्वाइजन’को कारण पत्ता लगाउनका लागि प्रदेशबाट ‘स्याम्पल’ सङ्कलन गर्न टोली मगाइएको बताइएको छ ।

धेरैजसो बिरामी उपचारपछि घर फर्किएका छन् । भोज खाएर फर्किएकाहरुले पनि आफू बिरामी परेको बताएको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्का बताउनुहुन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments