गछियाः भारतको पश्चिम बंगालस्थित सिलिगुडीमा आयोजित अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा मोरङको सुन्दरहरैंचा –३ गछियामा रहेकोे माउन्ट मकालु रेसिडेन्सियल स्कुलका विद्यार्थीहरूले नेपालको प्रतिनिधित्व गर्दै उत्साहजनक सहभागिता जनाएका छन् ।
भारतको सिलिगुडीस्थित बिरला दिव्यज्योति स्कुलमा आयोजित प्रतियोगितामा माउन्ट मकालुका विद्यार्थीहरूले रोबोटिक्स, प्रविधि, सिर्जनशीलता तथा नवप्रवर्तनमा आधारित आफ्ना क्षमता प्रस्तुत गरेका हुन् ।
अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुँदै नेपाली विद्यार्थीहरूले प्रविधि र नवप्रवर्तनको क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसरले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरमा आफ्नो सीप प्रस्तुत गर्ने तथा नयाँ प्रविधिबारे सिक्ने अवसरसमेत प्रदान गरेको विद्यालयले जनाएको छ ।
प्रतियोगितामा सहभागिताले नेपाली विद्यार्थीहरूमा प्रविधिप्रतिको रुचि, सिर्जनशील सोच र अनुसन्धानमुखी सिकाइलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
विद्यालयका विद्यार्थीले विज्ञान तथा नवप्रवर्तनको क्षेत्रमा सिर्जनात्मक र अनुकरणीय काम गरिरहेको विद्यालयले जनाएको छ ।





