Sunday, February 1, 2026
Homeराजनीतिएमालेद्वारा मिक्लाजुङको तोरीबारीमा चुनावकेन्द्रित अभियान

एमालेद्वारा मिक्लाजुङको तोरीबारीमा चुनावकेन्द्रित अभियान

मधुमल्लाः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले मिक्लाजुङ गाउँपालिकामा उम्मेद्वारसहित वडास्तरीय मतदाता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्रता दिएको छ ।

शनिबार मिक्लाजुङ–८ तोरीबारीमा पार्टीका कार्यकर्ता तथा मतदातासँग भेटघाट गर्न आयोजित कार्यक्रममा बोल्दै नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष तथा उम्मेद्वार घनश्याम खतिवडाले नेकपा एमालेको पहलमा मोरङ क्षेत्र नम्बर १ मा भएका विकासका कामहरूबारे जानकारी गराउनुभएको थियो ।

इमान र निष्ठाको राजनीति गरेको भन्दै उम्मेद्वार खतिवडाले मोरङ क्षेत्र नम्बर १ को भूगोल र जनताका आवश्यकता आफुले जति अरुले नबुझेकाले जनताले जिताएर पठाउनेमा विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य रामकृष्ण राईले विपक्षीका भ्रमलाई चिर्दै पार्टीको उम्मेद्वारलाई जिताउन एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

मोरङ क्षेत्र नम्बर १ मा अधिकांश उम्मेद्वार मतदातासँग भेटघाटमा लागेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments