विराटचोकः लगातार दोस्रो दिन आज पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ ।
आज सुनको मूल्य प्रतितोला १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १ हजार ५६५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ निर्धारण भएको छ । चाँदीको प्रतितोला ५ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ ।
शुक्रबार सुनको भाउ तोलामा २० हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा २३५ रुपैयाँ घटेको थियो ।
बिहीबार सुन र चाँदी दुवैको भाउले हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएका थिए । बिहीबार सुनको मूल्य प्रति तोला ३ लाख ३९ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य प्रति तोला ७ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । सो दिनको मूल्य सुनचाँदीको हालसम्मको उच्च मूल्य हो ।





