Sunday, February 1, 2026
Homeअर्थशेयर१०० रुपैयाँको शेयर १० रुपैयाँमा भर्न मिल्ने भएपछि सच्याएर ढिलो खुल्यो सूर्यकुण्डको...

१०० रुपैयाँको शेयर १० रुपैयाँमा भर्न मिल्ने भएपछि सच्याएर ढिलो खुल्यो सूर्यकुण्डको आईपीओ

विराटचोकः आजदेखि सर्वसाधारणका लागि बिक्री खुला भको सूर्यकुण्ड हाइड्रोपावरको आईपीओ त्रुटिका कारण केही समय स्थगित भई पुनः सुचारु भएको छ ।

सफ्टवेयरमा प्रविष्टि गरिएको विवरणमा त्रुटि भएको पाइएपछि सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले सी–आस्वा प्रणालीमा विवरण भर्ने क्रममा गम्भीर मानवीय त्रुटि भएको जनाएको छ ।

सो कम्पनीको शेयर प्रति कित्ता मूल्य मात्र १० रुपैयाँ राखिएको थियो । शुरुमा शेयरमा आवेदन दिने लगानीकर्ताले १० रुपैयाँमा आवेदन दिएपछि तुरुन्तै सो प्रक्रिया रोकिएको हो ।

त्यसपछि सिडिएससीले मेरो शेयरको ड्यासबोर्डमा एउटा जरुरी सूचना सार्वजनिक गरी सो सम्बन्धी जानकारी दिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments