विराटचोकः आजदेखि सर्वसाधारणका लागि बिक्री खुला भको सूर्यकुण्ड हाइड्रोपावरको आईपीओ त्रुटिका कारण केही समय स्थगित भई पुनः सुचारु भएको छ ।
सफ्टवेयरमा प्रविष्टि गरिएको विवरणमा त्रुटि भएको पाइएपछि सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले सी–आस्वा प्रणालीमा विवरण भर्ने क्रममा गम्भीर मानवीय त्रुटि भएको जनाएको छ ।
सो कम्पनीको शेयर प्रति कित्ता मूल्य मात्र १० रुपैयाँ राखिएको थियो । शुरुमा शेयरमा आवेदन दिने लगानीकर्ताले १० रुपैयाँमा आवेदन दिएपछि तुरुन्तै सो प्रक्रिया रोकिएको हो ।
त्यसपछि सिडिएससीले मेरो शेयरको ड्यासबोर्डमा एउटा जरुरी सूचना सार्वजनिक गरी सो सम्बन्धी जानकारी दिएको छ ।







