विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा मङ्गलबार नेपालीरिका होटलमा नयाँ पेशा पहिचानसम्बन्धी परामर्श कार्यशाला सम्पन्न भएको छ । पूर्व सिकाइको मान्यताको (आरपिएल) विधिद्वारा गरिने सीप परीक्षणका लागि भएको सो कार्यशालामा सुन्दरहरैंचा र बेलबारीका उद्योगी, व्यवसायी तथा संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
उद्योग संगठन मोरङको आयोजना, सुन्दरहरैंचा उद्योग वाणिज्य संघको व्यवस्थापनमा गोष्ठी भएको थियो ।







