Wednesday, January 21, 2026
Homeफिचरपूर्वमन्त्रीसहित धनकुटामा १८ जनाले गरे मनोनयन दर्ता

पूर्वमन्त्रीसहित धनकुटामा १८ जनाले गरे मनोनयन दर्ता

धनकुटाः फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा पूर्वमन्त्रीसहित १८ जनाले उम्मेद्वारी दर्ता गरेका छन् ।

एमालेका तर्फबाट पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य तथा धनकुटा जिल्ला इन्चार्ज राजेन्द्रकुमार राई, नेपाली कांग्रेस जिल्ला सभापति दिनेश राई, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य धर्मराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी, श्रम संस्कृति पार्टीका शानबहादुर राई, जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापा, नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी, आम जनता पार्टीका प्रेमबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्ली, जनता समाजवादी पार्टीका निशान राई, नेकपा माओवादीका रविनकुमार राई, राष्ट्रिय परिवर्तन पार्टीका शालिकराम राई, मंगोल नेशनल अर्गनाइजेशनका सागर राईले उम्मेद्वारी दर्ता गरेका हुन् ।

त्यस्तै, मनकुमार योञ्जन, जितेन्द्र राई, गंगाराम गोम्देन र लाक्पा तामाङले स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका हुन् ।

११९ मतदानस्थलमा १६६ वटा मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र रहेको धनकुटा जिल्लामा ५९ हजार ४८३ जना पुरुष र ५८ हजार ९४२ जना महिला मतदाता रहेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments