Wednesday, January 21, 2026
Homeखेलकुदसाजीलाल मावि लगातार चार पटक विजेता बन्यो सुन्दरहरैँचा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड...

साजीलाल मावि लगातार चार पटक विजेता बन्यो सुन्दरहरैँचा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको

विराटचोकः साजीलाल मावि सुन्दरहरैंचास्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्डको लगातार चार पटकको विजेता हुन सफल भएको छ । हिजो सुकुना माविको खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा साजीलाल २१ स्वर्ण, १६ रजत र १३ कास्य पदकसहित पहिलो भएको हो ।

त्यसैगरी १३ स्वर्ण, २६ रजत र १४ कास्य पदकसहित सुकुना माध्यमिक विद्यालय दोस्रो तथा ९ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित पूर्वाञ्चल एकेडेमी तेस्रो भएका छन् । विजेता विद्यालयलाई नगरप्रमुख केदारप्रसाद गुरागाईंले शिल्ड ट्रफी मेडल प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

यस्तो रह्यो नतिजा
सबै खेलहरू सम्पन्न हुँदा अन्तिम परिणाम यस्तो आएको प्रतियोगिता आयोजक सुकुना माविले जनाएको छ ।
१. साजीलाल माध्यमिक विद्यालय २१ स्वर्ण, १६ रजत र १३ कास्य
२. सुकुना माध्यमिक विद्यालय १३ स्वर्ण, २६ रजत र १४ कास्य ३. पूर्वाञ्चल एकेडेमी ९ स्वर्ण, ४ रजत र ३ कास्य
४. सिद्धार्थ सेकेन्डरी स्कुल ७ स्वर्ण, ३ रजत र ९ कास्य
५. जनता माध्यमिक विद्यालय बुधबारे ५ स्वर्ण, २ रजत र ५ कास्य,
६. प्रभातकिरण इङ्लिस स्कुल ४ स्वर्ण, २ रजत र ६ कास्य,
७. शिक्षा निकेतन मावि सलकपुर २ स्वर्ण, १ रजत र ६ कास्य
८. जनता माध्यमिक विद्यालय पचाम १ स्वर्ण, ३ रजत र ३ कास्य
९. ब्राइट फ्युचर एकेडेमी १ स्वर्ण, १ रजत र ४ कास्य
१०. ज्योति माध्यमिक विद्यालय १ स्वर्ण, १ रजत र २ कास्य,
११. महेन्द्र माध्यमिक विद्यालय शुक्रवारे १ स्वर्ण र २ कास्य
१२. बालसदन एकेडेमी १ स्वर्ण र २ कास्य
१३. लभ्ली एन्जल इङ्लिस स्कुल २ रजत र १ कास्य
१४. श्रीखण्ड माध्यमिक विद्यालय १ रजत र ३ कास्यसहित
१५. टेन्डरफिट बोर्डिङ स्कुल १ रजत र १ कास्य
१६. दुलारी मल्टिपल क्याम्पस १ रजत
१७. द राइजिङ इङ्लिस स्कुल २ कास्य
१८. पञ्चायत माध्यमिक विद्यालय २ कास्य

विधागत खेलतर्फ एथलेटिक्समा साजिलाल माध्यमिक विद्यालय पहिलो, महिला भलिबलमा ब्राइट फ्युचर एकेडेमी पहिलो, पुरुष भलिबलमा सुकुना माध्यमिक विद्यालय पहिलो, महिला कबड्डीमा जनता माध्यमिक विद्यालय पचाम पहिलो, पुरुष कबड्डीमा सुकुना माध्यमिक विद्यालय पहिलो, उसुमा पूर्वाञ्चल एकेडेमी पहिलो, तेक्वान्दोमा साजीलाल माध्यमिक विद्यालय पहिलो र करातेमा प्रभातकिरण इङ्लिस स्कुल पहिलो भएका थिए ।

प्रतियोगितामा २५ विद्यालय सहभागी भएको सह आयोजक महेन्द्र माविले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments