सुन्दरहरैंचाः आज दिनभर उतारचढाव नै रहे पनि अन्तिम १० मिनेटमा शेयरबजार ८ दशमलव ७१ अंकले घटेर २ हजार ४९ दशमलव २८ को बिन्दुमा बन्द भएको छ ।
नेप्सेमा सूचीकृतमध्ये ३०३ वटा कम्पनीका १ करोड ६० लाख ५२ हजार १०१ कित्ता शेयर १ लाख ८ हजार ४ सय ३ पटक किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८ सय ४ रुपैयाँको कारोबार भएको छ ।
आज जलविद्युत, लगानी, सामुहिक लगानी कोष र व्यापार समूहमा हरियाली छाएको छ भने अरु समूह राताम्य भएका छन् । व्यापार समूह २ दशमलव ३४ प्रतिशतले बढेको छ । हाइड्रोपावर समूह १ दशमलव ८५ प्रतिशत, लगानी समूह १ दशमलव ११ प्रतिशतले बढेको छ ।
आज सोनापुर आयल एन्ड मिनरल्सको सबैभन्दा धेरै ३३ करोड ४५ लाख १५ हजार ६४५ रुपैयाँको शेयर किनबेच भएको छ । शिवम् सिमेन्ट, माउन्टेन इनर्जी लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभपलपमेन्ट कम्पनी, युनाइटेड इदिमार्दी उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
आज नेपाल वेयर हाउजिङ्ग कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, सिंगटी हाइड्रोपावर र कालिका पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ६ दशमलव ५६ प्रतिशतले घटेको छ ।