काठमाडौंः नेपाल बीमा प्राधिकरणले मङ्सिर १३ गते नेपालको बीमा इतिहासमै पहिलो पटक खेलकुद बीमालेख (बीमा पोलिसी) जारी भएको छ ।
आर्थिक वर्ष २०७९\०८० को बजेटमा नै खेलाडी तथा प्रशिक्षकहरूको बीमा गरिने उल्लेख भएको थियो । अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी तथा प्रशिक्षकहरूको बीमा गर्ने व्यवस्था मिलाउने सो बजेटमा उल्लेख थियो । त्यस पश्चात बीमा प्राधिकरण सो बीमालेख बनाउन लागि परेको थियो ।
राष्ट्रिय खेलकुद परिषद्, बीमा कम्पनीहरू र सरकारवालासँगको लामो छलफलपछि प्राधिकरणले खेलकुद बीमालेख जारी गरेको हो । सो बीमालेखले खेलाडीमा उत्प्रेरणा जागृत गर्ने र त्यसको असर खेलमा देखिने अनुमान गरिएको छ ।