Wednesday, January 14, 2026
Homeफिचर१२ वर्षपछि फर्कियो खोलो, संसदमा धनकुटाबाट १२ वर्षपछि पुगे कांग्रेसका प्रतिनिधि सुनिलबहादुर...

१२ वर्षपछि फर्कियो खोलो, संसदमा धनकुटाबाट १२ वर्षपछि पुगे कांग्रेसका प्रतिनिधि सुनिलबहादुर थापा

विराटचोकः भनिन्छ १२ वर्षमा खोलो फर्कन्छ । नेपाली कांग्रेस धनकुटालाई यो उखान लागू भएको छ । १२ वर्षसम्म कांग्रेसले धनकुटाबाट संसदमा प्रतिनिधित्व पठाउन सकेको थिएन । तर १२ वर्षपछि कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुँदै राष्ट्रिय सभामा प्रवेश गरेका छन् ।

माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । कांग्रेस र एमालेको बलियो समीकरणको जगमा थापा कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भएपछि धनकुटा कांग्रेसको १२ वर्ष लामो संसदीय रिक्तता विधिवत् रूपमा अन्त्य भएको छ । कोशी प्रदेशको अन्य समूहबाट उम्मेद्वारी दिएका थापाविरुद्ध अरु कसैको पनि उम्मेदवारी परेन । नेकपाका उम्मेद्वार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न निर्धारित समयमा निर्वाचन अधिकृतको कार्यालयमा पुग्न नसक्दा त्यसको फाइदा थापालाई पुगेर निर्विरोध निर्वाचित भएका हुन् ।

धनकुटाबाट २०६४ सालमा लीला सुब्बा र २०७० सालमा मनोहरनारायण श्रेष्ठ तथा अन्जना ताम्ली समानुपातिकबाट संविधानसभा सदस्य भएयता धनकुटाबाट कांग्रेसले संघीय सदनमा उपस्थिति देखाउन सकेको थिएन । प्रत्यक्ष निर्वाचनमा भने हालसम्म कहिल्यै कांग्रेसले जितेको छैन ।

कांग्रेसभित्र पछिल्लो समय महामन्त्री गगन थापा पक्षमा ढल्किएका सुनिललाई राष्ट्रिय सभामा पठाएर संस्थापन पक्षले जिल्ला र केन्द्रको शक्ति सन्तुलन मिलाउने रणनीति लिँदा राप्रपा छोडेर कांग्रेस प्रवेश गरेका सुनिलले टिकट पाएका थिए । सुनिल पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन् ।

थापा निर्विरोध भए पनि कोशी प्रदेशमा बाँकी दुई पदका लागि भने प्रतिस्पर्धा हुने भएको छ । एमाले –कांग्रेस गठबन्धनबाट दलित कोटामा सोम पोर्तेल र महिलामा रोशनी मेचे चुनावी मैदानमा छन् । उनीहरूलाई नेकपाका खेम सुन्दास र नमिता न्यौपानेले चुनौती दिँदैछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments