Wednesday, January 14, 2026
Homeअपराधसिन्धुलीमा हिजो भएको एसबीआई बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ

सिन्धुलीमा हिजो भएको एसबीआई बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ

सिन्धुलीः नेपाल एसबीआई बैंक घ्याङलेख–२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घ्याङलेख–१ सुकाचुरीबाट स्थानीयको सहयोगमा ४ जना पक्राउ परेका हुन् । उनीहरुको पहिचान खुलाइएको छैन । मंगलबार राति नेपाल एसबीआई बैंकको घ्याङलेख–२ बस्तीपुर, हायुटार शाखामा पाँच÷ छ जनाको समूहले लुटपाट गरेको थियो ।

सो बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटिएको बैंकले जनाएको छ लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments