काठमाडौंः माघ ४ गतेका लागि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सिफारिश गरेबमोजिम राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गर्नुभएको हो ।
जेनजी आन्दोलनपछि संसद भवन जलेपछि राष्ट्रिय सभाको बैठक सिंहदरबारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा बस्ने व्यवस्था मिलाइएको छ ।
जेनजी आन्दोलनपछि अन्तरिम सरकार बनेपछि प्रतिनिधिसभा विघटन भएसँगै अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिले गत भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्नुभएको थियो ।







