विराटचोकः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन महाअष्टमी परेको जनाएको छ । त्यसैले आज पनि हिजो जस्तै महाअष्टमीको कर्म दोहोर्याउन समितिले सुझाव दिएको छ ।
समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । महाअष्टमीमा नव दुर्गामध्येकी आठौँ देवी महागौरीको पूजा आराधना गरिन्छ ।





