काठमाडौंः हिजोदेखि शुरु नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज हुँदैछ । बिहानको खाजापछि बिहान १० बजेसम्ममा बन्द सत्र शुरु हुने बताइएको छ ।
जेनजी आन्दोलनको परिस्थितिपछि बोलाइएको र प्रतिनिधिसभाको निर्वाचनको पूर्व सन्ध्यामा हुन लागेकाले विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।
बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुने भएको छ ।







