Sunday, December 21, 2025
Homeफिचरनेप्से सूचक फेरि झर्याे २६०० मुनि, सामुहिक लगानी कोषबाहेक सबै उपसमूह राताम्य

नेप्से सूचक फेरि झर्याे २६०० मुनि, सामुहिक लगानी कोषबाहेक सबै उपसमूह राताम्य

विराटचोकः तीन दिन लगातार बढेको शेयर बजार आज लगातार दोस्रो दिन पनि झरेको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ० दशमलव ७६ प्रतिशत अर्थात १९ दशमलव ९२ अङ्कले घटेर २ हजार ५९५ दशमलव १० विन्दुमा झरेको छ ।

नेप्सेमा सूचीकृतमध्ये ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर ७० हजार ५७६ पटक किनबेच हुँदा ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ रुपैयाँको कारोबार भएको छ ।

बजार बढे पनि सामुहिक लगानी कोष आज ० दशमलव १९ प्रतिशतले बढेको छ । बाँकी सबै समूहको सूचकमा रातो पोतिएको छ । आज होटल समूह सर्वाधिक अर्थात् १ दशमलव ६३ प्रतिशतले घटेको छ ।

घटेको बजारमा स्वस्तिक लघुवित्तको सर्वाधिक १३ करोड ५ लाख २८ हजार ७२८ रुपैयाँको शेयर कारोबार भएको छ । बाराही हाईड्रोको ११ करोड ९० लाख ७१ हजार ७८५ रुपैयाँको, सन् नेपाल लाइफको ११ करोड ४० लाख ५३ हजार २८६ रुपैयाँको, लुम्बिनी विकास बैंकको १० करोड ८८ लाख ८० हजार ६५९ रुपैयाँको र नेपाल लाइफ इन्स्योरेन्सको १० करोड ४२ लाख ७९ हजार ६८७ रुपैयाँको शेयर किनबेच भएको छ ।

बजार घटे पनि एसवाई प्यानलको शेयरमूल्य १० प्रतिशत बढेको छ । सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक अर्थात् १० प्रतिशत घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४३ खर्ब ५७ अर्ब २३ करोड ६७ लाख ७३ हजार ८४३ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments