Sunday, December 21, 2025
Homeफिचरसुनको भाउ जति घट्यो त्यति नै रुपैयाँ बढ्यो चाँदीको

सुनको भाउ जति घट्यो त्यति नै रुपैयाँ बढ्यो चाँदीको

विराटचोकः सामान्यतः सुनको भाउ घट्ने र बढ्ने दर उस्तै रहन्छ । चाँदीभन्दा सुन धेरै महङ्गो हुनाले सुन जति रुपैयाँ घट्छ वा बढ्छ त्यसको लगभग १० देखि २० प्रतिशत रुपैयाँ चाँदीको घटबढ हुने गर्छ । अर्थात् १००० रुपैयाँ सुनको भाउ बढ्दा वा घट्दा सो दिन चाँदीको मूल्य १० देखि २० रुपैयाँ घट्ने वा बढ्ने गर्थ्यो ।

केही दिनदेखि चाँदीको भाउमा भने अलि बढी नै उतारचढाव देखिने गरेको छ । आज भने सुनको भाउ जति घटेको छ त्यति नै रुपैयाँ चाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको छ भने चाँदीको भाउ १०० रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५८ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार १०५ रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार सुनको भाउ तोलामा २००० रुपैयाँ र चाँदीको भाउ तोलामा ७५ रुपैयाँ घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments