Thursday, December 18, 2025
Homeफिचरएमालेको पदाधिकारीअन्तर्गत सचिव पदमा ओली पक्षको क्लीन स्वीप

एमालेको पदाधिकारीअन्तर्गत सचिव पदमा ओली पक्षको क्लीन स्वीप

काठमाडौंः नेकपा एमालेको एघारौं महाधिवेशनमार्फत् भएको पदाधिकारी चयनअन्तर्गत सचिव पदमा ओली पक्षका सबै उम्मेद्वारले जितेका छन् ।

एमाले महाधिवेशनमा भएको निर्वाचनमा सचिव पदमा अध्यक्ष केपी शर्मा ओली प्यानलले क्लिन स्वीप गरेको छ । ९ जना सचिव पदका लागि भएको निर्वाचनमा ओलीको प्यानलबाट उम्मेद्वार भएका सबै ९ जनाले नै निर्वाचन जितेका छन् ।

एमालेको निर्वाचन आयोगका अनुसार महेश बस्नेत १५४४, पद्माकुमारी अर्याल १५३०, छविलाल विश्वकर्मा १५०६, शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी, १२३१, यामलाल कँडेल ११८५, राजन भट्टराई ११८१ र भानुभक्त ढकाल ११०८ मत ल्याएर विजयी भएका छन् ।

महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेल विजयी भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments