Thursday, December 11, 2025
Homeखेलकुदविराटनगर किंग्सलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा

विराटनगर किंग्सलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा

काठमाडौंः सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा लुम्बिनी लायन्स पहिलोपटक प्रवेश गरेको छ । आज भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान सुरक्षित बनाएको हो ।

लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा अलआउट भयो ।

विराटनगरका लागि साम हिजलेटले २८ बलमा २ चौका र २ छक्का प्रहार गरी सर्वाधिक ३४ रन बनाए । नरेन भट्टले २१ र मर्चेन्ट डे लाङले १७ रन बनाए । बाँकी खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

लुम्बिनीका लागि तिलक भण्डारीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । रुबेन ट्रम्पलम्यानले ३ ओभरमा ९ रन मात्र खर्चेर २ विकेट लिए । अभिशेष गौतमले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । जेजे स्मिथले पनि २ विकेट लिए । शेर मल्लले १ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । लुम्बिनीका लागि ओपनर डार्शी सर्टले सर्वाधिक ४५ रन बनाए । उनले ४१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

विराटनगरका बलरहरू सुभाष भण्डारीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । प्रतिश जिसीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।

उपाधिका लागि लुम्बिनीले अब सुदूर पश्चिम रोयल्ससँग खेल्नेछ । सुदूर पश्चिम रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments