विराटचोकः आज पनि चाँदीको भाउले उच्च मूल्यको नयाँ रेकर्ड बनाएको छ । हिजो कायम भएको उच्च मूल्यको रेकर्ड आज तोडिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५३ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ८०५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा २०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५० रुपैयाँ बढेको थियो । हिजो चाँदीको भाउ हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो ।







