Tuesday, December 9, 2025
Homeखेलकुदफराकिलो रन अन्तरले विराटनगरलाई हराउँदै सुदूर पश्चिम पुग्यो एनपीएलको फाइनलमा

फराकिलो रन अन्तरले विराटनगरलाई हराउँदै सुदूर पश्चिम पुग्यो एनपीएलको फाइनलमा

काठमाडौंः सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम लगातार दोस्रो पटक प्रवेश गरेको छ । आज भएको क्वालिफायरमा विराटनगर किंग्सलाई ७८ रनले हराएको हो ।

सुदूर पश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगरले १४.१ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा अलआउट भयो । विराटनगरका लागि ओपनर फाफ डु प्लेसीले सर्वाधिक ३६ रन बाहेक अन्यले सम्झनलायक ब्याटिङ गर्न सकेनन् । उनले २९ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

मर्चेन्ट डे लाङले १५ र बसिर अहमदले १२ रन जोडे । बाँकी खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

सुदूर पश्चिमका बलरले पहिलो ओभरदेखि नै विकेट लिन थालेपछि विराटनगरको इनिङ्स धर्मराएको थियो । विराटनगरलाई अलआउट गर्न सुदूर पश्चिमका बलरहरुले उत्कृष्ट बलिङ र फिल्डिङ गरेका थिए ।

सुदूरपश्चिमका स्कट कुगेलेइन, हर्मीत सिंह र अविनाश बोहराले २–२ विकेट लिए । हेमन्त धामी र कप्तान दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए । विराटनगरका दुई खेलाडी रनआउट भए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूर पश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments