Tuesday, December 9, 2025
Homeखेलकुदसुदूर पश्चिमले विराटनगर किंग्सलाई दियो १५६ रनको लक्ष्य

सुदूर पश्चिमले विराटनगर किंग्सलाई दियो १५६ रनको लक्ष्य

काठमाडौंः सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई सुदूरपश्चिम रोयल्सले १५६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूर पश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको हो । सुदूर पश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । जारी एनपीएलको यो उनको दोस्रो अर्धशतक हो ।

शेल्डन ज्याक्सन र आरिफ शेखले समान २०–२० रन जोडे । मुख्तर अहमदले १० रन बनाए । इशान पाण्डे १३ रनमा आउट भएका थिए । कप्तान दीपेन्द्र सिंह ऐरी दुई व्यक्तिगत ३ रनमै रनआउट भए । हर्मित सिंहले ११ बलमा १४ रन जोडेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments