Saturday, January 24, 2026
Homeअर्थकाँकरभिट्टाबाट ४ महिनामा ६ अर्बको इन्धन आयात

काँकरभिट्टाबाट ४ महिनामा ६ अर्बको इन्धन आयात

काँकरभिट्टाः चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट ६ अर्ब २ करोड ७६ लाख ४५ हजार रुपैयाँको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ करोड ९२ लाख ५४ हजार अर्थात् दुई दशमलव ०१ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व दुई दशमलव ९० प्रतिशत अर्थात् ८ करोड ४१ लाख २२ हजार रुपैयाँले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।

चालु आर्थिक वर्षको चार महिनामा पेट्रोलियम पदार्थ आयातबाट २ अर्ब ९६ करोड ८१ लाख ४५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments