Tuesday, December 9, 2025
Homeखेलकुदराष्ट्रिय जागृति क्लबले चुम्यो एनी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गोल्ड कपको उपाधि

राष्ट्रिय जागृति क्लबले चुम्यो एनी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गोल्ड कपको उपाधि

गछियाः राष्ट्रिय जागृति क्लब इटहरीले एनी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गोल्डकप २०८२ को उपाधि चुमेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ गछिया मैदानमा सोमबार सम्पन्न फाइनलमा राष्ट्रिय जागृतिले गाईघाट युनाइटेड उदयपुरलाई १–० ले पराजित गरेको हो ।

गाईघाटले गोल गर्ने अवसर पाए पनि सफल हुन सकेन ।

उपाधिसँगै राष्ट्रिय जागृतिले ट्रफीका साथमा नगद २ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता गाईघाटले नगद १ लाख १ हजार रुपैयाँ र ट्रफीमा चित्त बुझाएको छ ।

फाइनल खेलको म्यान अफ द म्याच खेलको एक मात्र गोलकर्ता जागृतिको जर्सी नम्बर १२ का खेलाडी प्रवेश बस्नेत घोषित हुँदै नगद ५ हजार १०० रुपैयाँ प्राप्त गरे ।

राष्ट्रिय जागृतिले उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डरलगायतका उपाधि पनि जितेको छ ।

फुटबलको फाइनल खेलमा प्रमुख अतिथि राष्ट्रिय सभा पूर्व संसदीय दलका नेता रमेशजंग रायमाझी रहनुभएको थियो । मंसिर १५ गते शुरु भएको प्रतियोगितामा सलहेश फुटबल क्लब सिरहा, दमक फुटबल एकेडेमी झापा, बेलबारी फुटबल क्लव मोरङ, जलथल फुटबल क्लब झापा, गाईघाट युनाइटेड उदयपुर, राष्ट्रिय जागृति फुटबल क्लब सुनसरी, लिजेण्ड फुटबल एकेडेमी पश्चिम बंगाल दार्जिलिङ, भारत र आयोजक गछिया युवा समाज रहेका थिए ।

प्रतियोगिताको फाइनल खेलको दिन सुन्दरहरैंचा नगरपालिकाका प्रत्येक वडाबाट १ जनाका दरले १२ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै शारीरिक अपाङ्गता भएका २ जनालाई ह्वील चेयर प्रदान गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments