Tuesday, December 9, 2025
Homeफिचरमहिना दिनमै भयो साढे तीन अर्ब बढीको अड लट शेयरको कारोबार

महिना दिनमै भयो साढे तीन अर्ब बढीको अड लट शेयरको कारोबार

काठमाडौंः एक महिनामा तीन अर्ब रुपैयाँभन्दा बढीको अड लट शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अडलट अर्डर देखिने बनाएपछि हरेक महिना कारोबार बढ्न थालेको छ ।

नेप्सेले सार्वजनिक गरेको कात्तिक महिनाको मासिक विवरण अनुसार सो महिनामा २ करोड ८५ लाख ६७ हजार कित्ता शेयर बिक्री हुँदा ३ अर्ब ५५ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । असोजमा ९ लाख ३५ हजार कित्ता शेयर बिक्री हुँदा २८ करोड ५४ लाख रुपैयाँको कारोबार भएको थियो ।

भदौमा २ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा १८ करोड रुपैयाँको कारोबार भएको थियो ।

साउन महिनामा २१ लाख १ हजार २९३ कित्ता शेयर किनबेच हुँदा ७१ करोड ४४ लाख ५० हजार रुपैयाँको शेयर किनबेच भएको थियो ।

साउन अघि अडलटको खरिदबिक्री आदेश राख्न मात्रै सकिने तर त्यसलाई अरू लगानीकर्ताले देख्न सक्दैन थिए । नेप्सेले अहिले ट्रेड म्यानेजमेन्ट सिस्टम(टिएमएस)मा राखेको खरिदबिक्री आदेश आफ्नो वेबसाइटको मार्केट डेप्थमा एक मिनेटपछि देखाउने व्यवस्था गरेको छ । जसका कारण अडलट शेयरको कारोबार बढेको छ ।

अड लट शेयर भनेको १० कित्ताभन्दा कम शेयर हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments