जनकपुरः मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन् । आजै सानो आकारको मन्त्रिमण्डल बनाइने बताइएको छ ।
सत्तापक्षीय सातदलीय गठबन्धनको आज बसेको बैठकले आगामी मंसिर २४ गते विश्वासको मत लिने निर्णय गरेको बताइएको छ ।
यही मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।







