गछियाः क्वाटर फाइनलमा विदेशी पाहुना टोली लिजेण्ड फुटबल क्लब पश्चिम बंगाल भारतलाई ० का विरुद्ध ७ गोलले पराजित सेमीफाइनलमा पुगेको आयोजक गछिया युवा समाजले गछिया गोल्डकपको फाइनलमा स्थान सुरक्षित गर्न सकेन ।
हिजो भएको क्वाटरफाइनल खेलमा ० का विरुद्ध १ गोल गरी राष्ट्रिय जागृति क्लब प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गोल्डकपको फाइनलमा पुगेको छ । क्वाटरफाइनलमा राष्ट्रिय जागृतिले दमक फुटबल क्लबलाई ० का विरुद्ध २ गोल गरी पराजित गरेको थियो ।
राष्ट्रिय जागृतिका लागि हिजोको खेलको एकमात्र निर्णायक गोल नाइजेरियन खेलाडी एलेक्सले गरेका थिए । खेलको म्यान अफ द म्याच पनि उनी नै घोषित हुँदै नगद ५ हजार १०० प्राप्त गरे ।
प्रतियोगिताको फाइनल खेल भोलि २ बजे राष्ट्रिय जागृति क्लब र गाईघाट युनाइटेड फुटबल क्लबबीच हुनेछ । गाईघाटले सेमीफाइनलमा सलहेश युवा क्लबलाई ० का विरुद्ध १ गोलले पराजित गरेको थियो । प्रतियोगिताको उद्घाटन खेलमा सलहेशले बेलबारी फुटबल क्लबलाई ० का विरुद्ध १ गोल गरी पराजित गरेको थियो ।
गोल्डकप विजेताले २ लाख १ हजार, उपविजेताले १ लाख १ हजार, ‘म्यान अफ द सिरिज’ले २५ हजार तथा उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही ११ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचले नगद ५ हजार १०० रुपैयाँ पाउनेछन् ।







