Saturday, December 6, 2025
Homeखेलकुदलुम्बिनी लायन्स प्लेअफमा पुगेसँगै प्लेअफमा पुग्ने चारै टोलीको लाग्यो टुङ्गो

लुम्बिनी लायन्स प्लेअफमा पुगेसँगै प्लेअफमा पुग्ने चारै टोलीको लाग्यो टुङ्गो

काठमाडौंः त्रिवि क्रिकेट खेलमैदान कीर्तिपुरमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा प्लेअफमा पुग्ने चौथो टोली बनेको छ लुम्बिनी लायन्स ।

आज भएको खेलमा डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफमा स्थान बनाएको हो । यसअघि नै सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान बनाइसकेका छन् । सुदूरपश्चिम बाहेक बाँकी तीन टिमले पहिलो पटक एनपीएलमा प्लेअफमा स्थान पक्का गरेका हुन् ।

जनकपुरसँगै पोखरा एभेन्जर्स र चितवन राइनोजको पनि प्लेअफ पुग्ने झिनो सम्भावना सकिएको छ । कर्णाली याक्स यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको छ । सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने पक्का छ । यस्तै लुम्बिनीले पनि एलिमिनेटर खेल्नेछ ।

शनिबार हुने सुदूरपश्चिम र विराटनगरको खेलपछि लिगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीको टुङ्गो लाग्नेछ ।

आजको खेलमा जनकपुर बोल्ट्सले दिएको १३३ रनको लक्ष्य लुम्बिनी लायन्सले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । डार्शी सर्टले ३० रन योगदान गरे । यस्तै जेजे स्मिथले २१ र निरोशन डिकवलेलाले १७ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको डिफेण्डिङ च्याम्पियन जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो ।

जनकपुरका लागि संगीथ कुरले ३८ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए । यस्तै मयन यादवले २३ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा अविजित २७ रनको योगदान गरे ।

शनिबारको पहिलो खेल साबिक उपविजेता सुदूर पश्चिम रोयल्स र विराटनगर किंग्स तथा दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments