स्याङ्जाः सुन्दरहरैंचाका साहित्यकार छवि वैरागी घिमिरेको ‘विविशारा’ उपन्यासको विमर्श एवम् सिर्जना वाचन स्याङ्जा साहित्यिक पुनर्जागरणको छैटौं वर्षोत्सवको अवसर पारेर सम्पन्न भएको छ ।
कृति विमर्श एवं सिर्जना वाचन कार्यक्रम वालिङ–६, मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टमा भएको थियो । कार्यक्रमको पहिलो चरणमा लक्ष्मीप्रसाद रेग्मी र शान्ता थापाले ‘विविशारा’ को औपन्यासिकताबारे समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नुभएको थियो । उपन्यासकार छवि वैरागी घिमिरेले लेखकीय मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक कवि मिलन समीरले गर्नुभएको थियो । अभियानका संस्थापक अभियन्ता कवि युवराज सुवेदीले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
दोस्रो चरणमा स्याङ्जाली स्रष्टाहरु विष्णु पङ्गेनी पाण्डे, बोधराज न्यौपाने, राजु गैरे, लीलाप्रसाद रेग्मी, अग्निकुमार रेग्मी पल्लव, कमलप्रसाद बगाले, इन्द्रप्रसाद पाठक, झवनाथ बस्याल, दमकुमारी बगाले, युवराज सुवेदी, वसन्त खनाल, प्रेमप्रसाद सुवेदी, दिलीप तिवारी, ढालबहादुर केसी, लेखनाथ काफ्ले, शम्भु अर्याल, अनन्त अर्याल, ध्रुवप्रसाद शर्मा पङ्गेनी लगायतले रचना वाचन गर्नुभएको थियो ।
कृतिकार घिमिरेको दोस्रो औपन्यासिक कृति केही महिनाअघि प्रकाशन भएको हो ।







