Friday, December 5, 2025
Homeखेलकुदप्रथम गछिया गोल्डकप शुरु, उद्घाटन खेलमा बेलबारी फुटबल क्लबलाई पछि पार्दै सलहेश...

प्रथम गछिया गोल्डकप शुरु, उद्घाटन खेलमा बेलबारी फुटबल क्लबलाई पछि पार्दै सलहेश फुटबल क्लब क्वाटर फाइनलमा प्रवेश

गछियाः गछिया युवा समाजको आयोजनामा सुन्दरहरैंचा–७ स्थित गछिया खेलमैदानमा हिजोदेखि प्रथम गछिया गोल्डकप शुरु भएको छ । हिजो भएको उद्घाटन खेलमा बेलबारी फुटबल क्लबमाथि ० का विरुद्ध १ गोल गर्दै सलहेश फुटबल क्लब क्वाटर फाइनलमा पुगेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा सलहेशका जर्सी नम्बर ११ का रोमन भुजेलले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । खेल अवधिमा दुवै टिमले गोल गर्ने धेरै मौकाको उपयोग गर्न सकेनन् ।

खेलको निर्णायक एक मात्र गोल गर्ने सलहेशका जर्सी नम्बर ११ का रोमन भुजेल म्यान अफ दि म्याच घोषित हुँदै नगद ५ हजार १०० रुपैयाँ प्राप्त गरे ।

आजको खेल आयोजक गछिया युवा समाज र लिजेण्ड फुटबल एकेडेमी पश्चिम बंगाल, भारतबीच हुनेछ ।

आजदेखि गछिया गोल्डकप, सम्पूर्ण तयारी पूरा

मंसिर १५ देखि २२ गतेसम्म गछिया गोल्डकप

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments