Friday, December 5, 2025
Homeखेलकुदमंसिर १५ देखि २२ गतेसम्म गछिया गोल्डकप

मंसिर १५ देखि २२ गतेसम्म गछिया गोल्डकप

गछियाः यही मंसिर १५ गतेदेखि २२ गतेसम्म गछिया युवा समाज मोरङको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप–२०८२ हुने भएको छ ।

प्रतियोगिताबारे जानकारी दिन बिहीबार आयोजकले गछियामा पत्रकार सम्मेलन गरेको थियो । प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेता टिमले नगद २ लाख १ हजार र उपविजेता टिमले नगद १ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

अयोजक गछिया फुटबल क्लबका अध्यक्ष सरोज दाहालका अनुसार मंसिर १५ गते उद्घाटन खेल सहलेश फुटबल क्लब र बेलबारी फुटबल क्लबबीच हुनेछ । १६ गते आयोजक गछिया युवा क्लब र लिजेण्ड फुटबल एकेडेमी पश्चिम बंगाल, दार्जिलिङबीच हुनेछ । १७ गते जलथल फुटबल क्लब र गाईघाट युनाइटेड क्लबबीच खेल हुनेछ १८ गते राष्ट्रिय जागृति फुटबल क्लब र दमक फुटबल क्लबबीच खेल हुनेछ । १९ गते पहिलो सेमीफाइनल, २० गते दोस्रो सेमीफाइनल र २२ गते फाइनल खेल हुने आयोजकले जनाएको छ ।

खेल संयोजक प्रह्लाद थोप्रा लिम्बूका अनुसार प्रतियोगितामा व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई विशेष नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा म्यान अफ द सिरिजले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । उत्कृष्ट डिफेन्स, फरवार्ड, मिडफिल्डर, गोलकिपर तथा उत्कृष्ट कोचले जनही ११–११ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ लाई पाँच हजार एक सय रुपैयाँ प्रदान गरिने भएको छ ।

प्रतियोगिताको क्रममा सुन्दरहरैंचाका हरेक वडाका १ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिने भएको छ । अपाङ्गता भएका १ जना पुरुष र १ जना महिलालाई ह्वील चेयर पनि वितरण गरिने भएको छ ।

पत्रकार सम्मेलनमा सुन्दरहरैँचा खेलकुद विकास समितिका सदस्य–सचिव खड्ग श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

लागूऔषधमुक्त समाज निर्माण गरी युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments