Friday, December 5, 2025
Homeफिचरगोठगाउँ–विश्वविद्यालय तथा महेश्वर सुब्बा मार्ग सडकखण्डको निर्माण ७५ प्रतिशत सम्पन्न

गोठगाउँ–विश्वविद्यालय तथा महेश्वर सुब्बा मार्ग सडकखण्डको निर्माण ७५ प्रतिशत सम्पन्न

विराटचोकः तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको चन्द्रनगर–विश्वविद्यालय–गोठगाउँ र महेश्वर सुब्बा मार्ग सडकखण्डहरूको निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भएको छ ।

अब एक महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य भएकाले नगरपालिकाले दैनिक रूपमा अनुगमन र खबरदारी गरिरहेको नगरप्रमुख केदारप्रसाद गुरागाईंले बताउनुभयो । २०८१ वैशाखमा उक्त सडक निर्माणका लागि लामा बानियाँ जेभीले ठेक्का पाएको थियो ।

नगरप्रमुख गुरागाईंले तोकिएको समयमै गुणस्तरीय काम गराउन नगरपालिकाले दैनिक रूपमा स्थलगत निरीक्षण गरिरहेको र निर्माण कम्पनीलाई कडाइका साथ काम गर्न निर्देशन दिइरहेको बताउनुभयो ।

सो सडक निर्माणका लागि नगरपालिकासँग ४५ करोड ८५ लाखमा सम्झौता भएको थियो ।
चन्द्रनगर–विश्वविद्यालय–गोठगाउँ सडकखण्ड ४ किलोमिटर ७३७ मिटर तथा महेश्वर सुब्बा मार्ग–लाटीझोडा सडकखण्ड ५ किलोमिटर ७५ मिटरको सडक निर्माण हुनेछ ।

लामो समयसम्म धुलो–धुँवा सहिरहेका स्थानीयवासी कालोपत्रे सडक बनेपछि दैनिक आवागमन सहज हुनेमा विश्वस्त छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments