Friday, December 5, 2025
Homeफिचरसरकारसँगको सहमतिपछि नागरिक बचाउ अभियान नेपालले फिर्ता लियो आजदेखि गर्ने भनिएको आन्दोलन

सरकारसँगको सहमतिपछि नागरिक बचाउ अभियान नेपालले फिर्ता लियो आजदेखि गर्ने भनिएको आन्दोलन

काठमाडौंः आजदेखि दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले गर्ने भनिएका आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । हिजो साँझ सरकारसँग भएको सहमतिपछि सो समूहले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायत सहभागी थिए ।

आजदेखि गर्ने भनिएको आन्दोलन फिर्ता लिने र अर्को चरणको वार्ता महाभियानको नेतृत्वसहित चाँडै गर्ने समझदारी भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा विस्तृत छलफल भएको पनि जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments