Friday, December 5, 2025
Homeखेलकुदविराटनगर किंग्सको लगातार दोस्रो जीत

विराटनगर किंग्सको लगातार दोस्रो जीत

विराटचोकः नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले लगातार दोस्रो जीत हात पारेको छ । शनिबार भएको खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले विराटनगरले पछि पारेको हो ।

यो सिजनमा किंग्सको लगातार दोस्रो जीत हो । पहिलो जीतमा विराटनगरले एनपीएलकै कीर्तिमानी स्कोर बनाउँदै पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । त्यसबेला उसले पोखरालाई २२० रनको लक्ष्य दिएको थियो ।

उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर सुखद् सुरुवात गरेको काठमान्डुको यो लगातार दोस्रो हार हो । साबिक विजेतालाई पराजित गरे पनि काठमान्डु सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

काठमान्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । कप्तान सन्दीप लामिछानेले काठमान्डुका कप्तान करण केसीलाई विजयी चौका प्रहार गरे । विराटनगरका लागि ओपनर जर्ज मुन्सेले १६ बलमा ५ चौका र २ छक्का प्रहार गरी सर्वाधिक ३६ रन बनाए ।

कीर्तिपुरस्थित कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले पूरै २० ओभर खेल्दा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

विराटनगर किंग्सजस्तै सुदूर पश्चिम रोयल्स पनि यो सिजनमा लगातार दुई पटक विजयी भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments