विराटचोकः जनचेतना सामुदायिक वन उपभोक्ता समूहको १९ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सुन्दरहरैँचा उद्योग वाणिज्य संघको सभाहलमा भएको साधारणसभामा प्रमुख अतिथिको रूपमा सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईं रहनुभएको थियो ।
साधारणसभामा वन उपभोक्ता समूहका अध्यक्ष सीताराम पाण्डेले आर्थिक वर्ष २०८१\०८२ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८२\०८३ को कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । लेखा समितिको प्रतिवेदन सोमराज थापाले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख गोपाल दहाल, कार्यपालिका सदस्य रूजा घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघ अध्यक्ष, विभिन्न सामुदायिक वन समूहका अध्यक्ष, उपभोक्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
सो समूहले सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ९ र ११ का उपभोक्तालाई वन पैदावर काठ दाउरा उपलब्ध गराउँदै आएको छ ।







