Friday, December 5, 2025
Homeफिचरमोन्था चक्रवातले कोशी र मधेस प्रदेशमा ३६ घण्टासम्म वर्षा गराउने अनुमान

मोन्था चक्रवातले कोशी र मधेस प्रदेशमा ३६ घण्टासम्म वर्षा गराउने अनुमान

विराटचोकः जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीमा विकास भएको मोन्था चक्रवातको प्रभाव बुधबार रातिदेखि नेपालमा परेको छ । जसका कारण आकाशमा बादल लाग्नुका साथै हल्का वर्षा शुरु भएको छ । बिहान ८ बजेदेखि थप वर्षा हुने विभागको अनुमान छ ।

महाशाखाका अनुसार आज बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म नेपालको कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात हुनुका साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ ।

कोशी, मधेस, बागमतीका सबै जिल्लामा तथा दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी, मुस्ताङ, मनाङ, गोरखा, नवलपुर आदि जिल्लामा सतर्कता अपनाउनुपर्नेछ ।

लमजुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ पर्वत, स्याङ्जा, तनहुँ आदि जिल्लामा मौसमसम्बन्धी सूचनाप्रति अद्यावधिक रहनुपर्ने महाशाखाले जनाएको छ ।

काठमाडौंमा लगभग २४ घन्टासम्म र मधेस तथा कोशी प्रदेशमा ३६ घन्टासम्म वर्षा हुने अनुमान गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments