Friday, December 5, 2025
Homeखेलकुदनेपालको अपराजित यात्रा कायमै, ३८ रनले हरायो ओमानलाई

नेपालको अपराजित यात्रा कायमै, ३८ रनले हरायो ओमानलाई

विराटचोकः हिजो राति भएको खेलमा अपराजित यात्रा गरिरहेको ओमानलाई हराउँदै नेपालले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाएको थियो ।

जीतसँगै नेपाल ४ खेलमा ८ अङ्क पाएर छनोट प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ । समान खेल खेलेको ओमानले ६ अङ्क पाएको छ । नेपाल र ओमान दुवैले कतार र युइएलाई पराजित गरेका थिए ।

हिजो भएको खेलमा ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । मोहम्मद नदीमले २५ रन बनाए ।

नेपालका लागि गुल्सन झाले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए । नन्दन यादव र सोमपाल कामीले २–२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको संयमित अर्धशतक मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो ।

भुर्तेलले ५१ बलमा ६९ रन बनाए । आसिफ शेखले २४ रन बनाए । गुल्सन झाले २ छक्कासहित १८ तथा आदिल आलमले १६ रन बनाए ।

ओमानका लागि नदीम खानले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए । त्यस्तै शुफिया मेहमुद र जितेन रामानन्दीले २–२ विकेट लिए ।

नेपालले अब शुक्रबार सामोआसँग खेल्नेछ ।

पराजित भए पनि ओमान पनि विश्वकपमा छनोट भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments