Friday, December 5, 2025
Homeफिचरधनकुटामा भएको बस दुर्घटनामा महालक्ष्मीका दुई जनाको मृत्यु

धनकुटामा भएको बस दुर्घटनामा महालक्ष्मीका दुई जनाको मृत्यु

धनकुटाः विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकाको जीतपुर जाँदै गरेको बस आज दिउँसो पौने १२ बजे धनकुटाको निगालेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश १–०२–००१ख ९६०६ नम्बरको बस दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–६ का अन्दाजी ५५ वर्षीय गंगा कार्की र महालक्ष्मी ७ का ६० वर्षीय डिल्ली बरालको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो ।

सो बसमा सवार मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ गछियाका दिलकुमार खड्काकी ८ वर्षीया छोरी अंकिता खड्का, केराबारी गाउँपालिका वडा नम्बर ९ बस्ने ६० वर्षीया देवी न्यौपाने, धनकुटाको महालक्ष्मी–९ बस्ने ७५ वर्षीया तारादेवी काफ्ले, महालक्ष्मी–७ बस्ने ३२ वर्षीया सृजना जिमी, महालक्ष्मी–८ बस्ने १७ वर्षीया खुशी लुंगेली, धनकुटा नगरपालिका ४ लोकसेवा बस्ने अन्दाजी ४५ बर्षिया दुर्गा तिम्सिना र बस चालक सुनसरीको इटहरी उप–महानगरपालिका १७ बालग्राम बस्ने ५० वर्षीय कुलबहादुर मगर रहेका छन् ।

बस चालक मगरको हिले पोलिक्लिनिकमा उपचारपछि प्रहरी चौकी हिलेले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाको खबर पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगी घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल धनकुटामा उपचारका लागि पठाएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments