Friday, December 5, 2025
Homeफिचरहातेमालोको २३ औं साधारणसभा सम्पन्न

हातेमालोको २३ औं साधारणसभा सम्पन्न

विराटचोकः मोरङको सुन्दरहरैंचा–१० मा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारणसभा तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

इन्द्रपुर जेसीजको सभाहलमा भएको साधारणसभामा सुन्दरहरैंचा नगरपालिका नगर प्रमुख केदारप्रसाद गुरागाई प्रमुख अतिथि रहनुभएको थियो । साधारणसभाको प्रारम्भमा सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा २७ पिण्ट रगत सङ्कलन भएको थियो ।

सहकारी सञ्चालक समिति अध्यक्ष हेमराज सुवेदीले सञ्चालक समितिको तर्फबाट गत आर्थिक वर्ष २०८१\०८२ को वार्षिक प्रगति विवरण तथा चालु आर्थिक वर्ष २०८२\०८३ को प्रस्तावित कार्यक्रम एवम् बजेट प्रस्तुत गर्नुभएको थियो ।

लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समिति सदस्य देवीबहादुर कार्कीले प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा संस्थाको वार्षिक प्रगति विवरण, नीति, कार्यक्रम र बजेटमाथि विस्तृत छलफल तथा पारित गरिएको थियो ।

७० वर्ष पूरा भएका ९ जना ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरिएको थियो । उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता तथा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । साधारण सभाको अवसरमा चिठ्ठा विधिबाट छनोट गरी उपहार वितरण गरिएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य तथा पूर्व अध्यक्ष अर्जुन बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका उपाध्यक्ष मीनप्रसाद लिम्बूले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव गुरूप्रसाद अधिकारीले गर्नुभएको थियो ।

सो सहकारीले हातेमालो लघु उद्योग समेत सञ्चालन गरिरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments