विराटचोकः मोरङको सुन्दरहरैंचा–१० मा रहेको हिमालय इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्ड पाउनुभएको छ ।
हिजो मलेसियामा सम्पन्न कार्यक्रममा प्रिन्सिपल खनाललाई उत्कृष्ट प्रिन्सिपल अवार्ड प्रदान गरिएको हो । विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम सञ्चालन, सहजीकरण र समन्वय गर्ने एक्जिटो एजुकेसनद्वारा आयोजित मलेसियाको क्वालालम्पुरको लिंकन युनिभर्सिटीबाट खनालले अवार्ड प्राप्त गर्नुभएको हो । कार्यक्रममा नेपाल, मलेसिया, फिलिपिन्स, अमेरिका, बेलायत, भारत, बंगलादेशलगायत विभिन्न देशका विभिन्न क्षेत्रका ख्यातिप्राप्त विद्यालय, संस्था र व्यक्तिलाई इन्टरनेसनल एक्सेलेन्स अवार्डद्वारा सम्मान गरिएको हो ।
आयोजक संस्थाले विगत ३ वर्षदेखि यो कार्यक्रम आयोजना गरिरहेको बताइएको छ ।







