Friday, December 5, 2025
Homeफिचरनेपाल बप्तिस युवा सङ्गतिको ३० औँ वार्षिकोत्सव शुरु

नेपाल बप्तिस युवा सङ्गतिको ३० औँ वार्षिकोत्सव शुरु

गोठगाउँः मोरङको सुन्दरहरैंचा–७ स्थित गोठगाउँमा रहेको एनएनसीसी कलेजमा नेपाल बप्तिस युवा सङ्गतिको ३० औँ वार्षिकोत्सव शुरु भएको छ ।

वार्षिकोत्सवको उद्घाटन सत्रमा आज नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी अनिता बस्नेत र हीराकुमारी भुजेललाई सम्मान गरिएको थियो । त्यस्तै, आस्था रत्न सम्मानद्वारा रत्नबहादुर राईलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा बप्तिस युवा सङ्गतिको डायस्पोरा मिनिस्टरीको घोषणा पनि गरिएको थियो । क्यानडा, जापान, कोरिया, युएई, बेलायत र अमेरिकाका डायस्पोरा मिनिस्टरीको नाम घोषणा गरिएको हो । त्यस्तै बप्तिस स्पोर्टस् क्लबको आधिकारिक घोषणा पनि कार्यक्रममा गरिएको थियो । सम्मानित खेलाडी बस्नेत र भुजेलले बप्तिस स्पोर्टस् क्लबको झण्डोत्तोलन गर्नुभएको थियो ।

बप्तिस युवा सङ्गतिका संस्थापकहरुलाई पनि कार्यक्रममा सम्मानपत्र प्रदान गरिएको थियो । अध्यक्ष गजेन्द्र तामाङ, उपाध्यक्ष विनय बस्याल, सचिव अर्जुन गुरुङ, कोषाध्यक्ष थामसिंह राई, सदस्यहरू शान्ति राई, महेन्द्रजंग साम्पाङ, जीरमान राई र चन्द्रा राईलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल बप्तिस चर्च काउन्सिलका अध्यक्ष राजेन्द्र मल्ल हुनुहुन्थ्यो । कार्यक्रममा राष्ट्रिय गानका रचयिता व्याकुल माइला तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पीताम्बर तिम्सिनाले शुभकामना मन्तव्य राख्नुभएको थियो । शङ्कर रसिकले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सभापतित्व नेपाल बप्तिस युवा संगतिका अध्यक्ष डेभिड राईले गर्नुभैको थियो । नवल सिवाकोटीले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सव भोलि समापन हुनेछ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments