Friday, December 5, 2025
Homeफिचरघट्यो नेप्से र कारोबार रकम दुवै

घट्यो नेप्से र कारोबार रकम दुवै

विराटचोकः शेयर बजारमा आज नेप्से र कारोबार रकम दुवै घटेको छ । आज नेप्से परिसूचक १९ दशमलव ४३ अङ्क घटेर २५२८ दशमलव १६ बिन्दुमा झरेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३१७ कम्पनीको ३८ हजार ८२७ पटकको कारोबारमा ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार २६२ रुपैयाँको ७४ लाख ८८ हजार कित्ता शेयर किनेबच भएको छ ।

आज शुभम् पावर र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत बढ्दा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य ५ दशमलव ८६ प्रतिशत बढेको छ । समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ ।

आज कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३२ करोड ७ लाख ८३ हजार ७१६ रुपैयाँको शेयर किनबेच भएको छ । हिमालयन रि इन्स्योरेन्स, सिईडिबी होल्डिङ्गस लिमिटेड, युनियन हाइड्रोपावर र शिवम् सिमेण्ट्स उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।

आज ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ४८ प्रतिशत बढेको छ । अन्य र सामुहिक लगानी कोष उपसमूहको परिसूचक सामान्य बढेको छ । विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४२ खर्ब २६ अर्ब ४२ करोड ८३ लाख २२ हजार २३३ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments