विराटचोकः आज एकै दिन सुनको भाउ तोलामा ८ हजार १०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४८ हजार ५०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ३२५ रुपैयाँ रहेको छ ।
हिजो सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा ९५ रुपैयाँ बढेको थियो । हिजो सुन र चाँदी दुवैको भाउले हालसम्मको उच्च मूल्यको रेकर्ड कायम गरेका थिए ।







