Friday, December 5, 2025
Homeखेलकुदसुपर सिक्समा युएईमाथि नेपालको १ रनको रोमाञ्चक जीत

सुपर सिक्समा युएईमाथि नेपालको १ रनको रोमाञ्चक जीत

विराटचोकः नेपालले आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत युएईसँग १ रनले जीत हासिल गरेको छ ।

खेलमा नेपालले १४१ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो ।

आसिफले ४७ बलमा ५१ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेलले २० रन बनाए । गुल्सन झाले ५ बलमा १४ रन बनाएर आउट भए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments