Friday, December 5, 2025
Homeफिचरक्यासिनोमा विदेशी मुद्रा कारोबारमा इजाजत लिनुपर्ने

क्यासिनोमा विदेशी मुद्रा कारोबारमा इजाजत लिनुपर्ने

विराटचोकः नेपाल राष्ट्र बैंकले अबदेखि क्यासिनोमा विदेशी मुद्रा कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजत लिनुपर्ने जनाएको छ ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम राष्ट्र बैंकबाट इजाजतपत्र लिएर विदेशी विनिमयको कारोबार गर्नुपर्ने व्यवस्था विद्यमान रहेको हुनाले सोही व्यवस्था बमोजिम विदेशी विनिमयको इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा संस्थाहरूको प्रकृति अनुसार राष्ट्र बैंकले विभिन्न विनियमावलीहरू समेत जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी सूचनामा भनिएको छ, ‘नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ को परिच्छेद ४ मा व्यवस्था गरिएको छ । अतः ऐनको उल्लिखित व्यवस्था बमोजिम क्यासिनो लगायतका संस्थाहरूले राष्ट्र बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रा समेत) को कारोबार गर्न\ गराउन विदेशी विनिमय (नियमित गर्ने ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी निर्देशन दिइएको छ ।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments