विराटचोकः गत साता नेप्से परिसूचक ३ प्रतिशत घटेर बन्द भएको छ । अघिल्लो साता २६६३ दशमलव ५१ बिन्दुमा बन्द भएको नेप्से गत साता ३ दशमलव ०५ प्रतिशत अर्थात् ८१ दशमलव ३३ अङ्क घटेर २५८२ दशमलव १८ विन्दुमा अडिएको छ ।
गत साता ३ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये १ करोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो । दशैंपछि खुलेको बजारमा बिक्री दबाब परेपछि घटेको बजार यो साता कस्तो रहने हो भन्ने लगानीकर्तामा खुल्दुली रहेको छ ।







