Friday, December 5, 2025
Homeकला र साहित्यसाहित्यकार शैलेन घिमिरेको ‘अनुभूतिका रङहरू’ विमोचित

साहित्यकार शैलेन घिमिरेको ‘अनुभूतिका रङहरू’ विमोचित

बेलबारीः साहित्यकार शैलेन घिमिरेको काव्यकृति ‘अनुभूतिका रङहरू’ लोकार्पण गरिएको छ ।

हालै विराटनगरमा विराट साहित्य सङ्गमद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि कुन्ता शर्मा, भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपाने, प्राज्ञहरू विवश पोखरेल, गङ्गा सुवेदी, खेम नेपाली, अच्छा राई रसिक साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष केशव सुनाम, प्रा. कृष्ण पोखरेललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा सो कृतिको लोकार्पण गरिएको हो ।

कार्यक्रममा केशु विरही, भरत बर्बरिक, शिवनारायण सिङ्गल, भीम कोइराला, गोपाल निर्भीक, मीनकुमार श्रेष्ठ नवोदित, दिनेशराज सुवेदी, गोविन्द ढुङ्गाना, भवानीप्रसाद पोखरेल, कविता केशरी, प्रिन्स प्रमोदकुमार ढकाल, प्रयाग न्यौपाने, उमेश लुइँटेल, डोमी कामत, नवराज पोखरेल ‘नवशिला’, जेबी खत्री, नानुमैया दाहाल, अम्बिका खरेल उप्रेती, भुपाल अधिकारी, मञ्जु घिमिरे दाहाल, पुष्पा सायरा, उमेश लुइँटेल, जमुना पौडेल, कर्ण सञ्जय, कुमार श्रेष्ठ, चूडामणि घिमिरे, स्वयम्भूनाथ कार्की, कुशेश्वर राई, सुजता राईलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निर्मला कोइरालाले समीक्षा प्रस्तुत गर्नुभएको थियो । आलेख मासिकका सम्पादक अच्युत घिमिरेले लेखकको परिचय प्रस्तुत गर्नुभएको थियो । भरत बर्बरिक, प्रयाग न्यौपाने, उमेश लुइँटेल, नानुमैया दाहाल, कर्ण सञ्जय, डोमी कामत, रञ्जना भट्टराईलगायतले लोकार्पित कृतिभित्रका कविता वाचन गर्नुभएको थियो ।

प्रा.डा. टङ्कप्रसाद न्यौपाने, प्राज्ञहरू खेम नेपाली, विवश पोखरेल, गङ्गा सुवेदी, केशव सुनामलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन छन्दवाटिका नेपाल, विराटनगरका अध्यक्ष हरि कट्टेलले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments